काठमाडौँ, २३ पौष । सुर्खेतको लेकबेँसी नगरपालिकाबाट भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार लेकबेँसी नगरपालिका–९ सिम दमारका ३८ वर्षीय धन बहादुर रावतलाई आज बिहान पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय लेकबेँसीबाट खटिएको प्रहरी टोलीले लेकबेँसी–९ सिम दमार क्षेत्रको बाटोमा हिँडिरहेको अवस्थामा रावतको साथबाट एक थान…