काठमाडौँ, ४ फागुन । अवैध रूपमा लुकाएर बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित अमेरिकी नागरिक ४६ वर्षीया नि यानलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार बाटिक एयरको उडानद्वारा काठमाडौँबाट मलेसिया जान लागेकी उनलाई शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड ब्यागेज एरियामा पक्राउ गरिएको हो । जाँचका क्रममा उनको झोलाबाट १२ हजार ७४८ अमेरिकी…