काठमाडौँ, २४ माघ । कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक किशोरको मृत्यु भएको छ । कैलाली प्रहरीका अनुसार बुधबार राति पूर्वपश्चिम राजमार्गअन्तरगत बर्दगोरिया गाउँपालिका–२ को सम्झना चोकमा सुपप्र०१००९ प ९०७६ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट साइकल पछाडि सवार लम्कीचुहा नगरपालिका-१० बस्ने १६ वर्षीय दिनेश तिमिल्सिनाको मृत्यु भएको हो । ठक्करबाट गम्भीर…