रौतहट, ७ माघ । रौतहटमा ११ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत ११ जनालाई पक्राउ गरेका हुन् । जिल्ला अदालतबाट दोषी ठहर भएर दण्ड सजाय समेत तोकिएर लामो समयदेखि फरार रहेका ११ जना प्रतिवादीलाई जिल्लाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।…