धनगढी, १९ पौष । दार्चुलामा चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका-७ सेल्प्यास्थित महाकाली करिडोरबाट लागुऔषध चरेससहित दुई युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मालिकार्जुन गाउँपालिका-७ को डिङ्सीका महेन्द्र सिंह धामी र मधुकर उपाध्याय रहेका छन् । उनीहरु सवार से७प ५३९२ नम्बरको मोटरसाइकललाई शंकाका आधारमा चेकजाँच गर्ने क्रममा…