काठमाडौँ, १८ पौष । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक उडानतर्फको इन्धन शुल्क (फ्युल सरचार्ज) घटाएको छ । हवाई इन्धनको मूल्यमा घटेपछि प्राधिकरणले यस्तो सरचार्ज समायोजन गरेको हो । नेपाल आयल निगमले बुधबार हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँ कटौती गरेको थियो । यसको आधारमा प्राधिकरणले शुक्रबार नयाँ इन्धन शुल्क निर्धारण गरेको हो । योसँगै…