नौबिसेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ, २८ माघ । भक्तपुरबाट तीर्थयात्री बोकेर निस्केको बस नौबिसेमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । प्रहरीका अनुसार भक्तपुरबाट २९ जनासहित देवघाट तिर्थयात्रामा गएको बस गएराती करिब १० बजे धादिङ जिल्लाको नौबिसेमा दुर्घटना भएको हो । गुड्दागुड्दैको बस पत्ता भाँचिएर बीच सडकमै पल्टिएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा…