भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति

काठमाडौँ, २३ पौष । तिब्बतमा आज गएको भूकम्पका कारण सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुई घरमा क्षति पुगेको छ । थुलुङ दूधकोसी–७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुंगामाटोको गारो र ढुंगाकै छानो भएको दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।  खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुंगा, माटो र…