नेपालमा टिकटकले दुई महिनामा हटायो ६ हजार ७८ भिडियो

काठमाडौँ, १९ मंसिर । नेपालमा टिकटकले दुई महिनाको अवधिमा ‘कम्युनिटी गाइडलाइन्स’ विपरीत पोस्ट गरेका ६ हजार ७८ भिडियो हटाएको छ । गत अप्रिल र जुन महिनामा ‘कम्युनिटी गाइडलाइन्स’ विपरीत पोस्ट भएका भिडियोमध्ये ९९.१ प्रतिशत तुरुन्तै र ९३.२ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाएको टिकटकका प्रतिनिधिले जनाएका छन् ।  काठमाडौँमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा टिकटकले आयोजना गरेको ‘डिजिटल…