काठमाडौँ, ९ मंसिर । सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार शनिबार राति कमलामाई-९ इनारपानीस्थित मदन भण्डारी राजमार्गमा ना४७प ६४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । भिमानबाट चन्दनपुरतर्फ जादै गरेको मोटरसाइकलका चालक बर्दिवास नगरपालिका-२ हङकङडाँडाका २५ वर्षीय नारायण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते…