काठमाडौँ, ८ मंसिर । तनहुँको व्यास नगरपालिकाले एक सय आठ जना दीर्घरोगीलाई पाँच हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेका अनुसार क्यान्सर, मुटुरोग, मिर्गौला फेल भएका, कलेजो प्रत्यारोपण गरेका बिरामीलाई आर्थिक सहयोग गरिएको हो । ज्येष्ठ नागरिक, सुत्केरी, विपन्न नागरिक, मानसिक रोगी गरी ३४ जनालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको…