मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ, २९ कार्तिक । सिराहामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका-१ मेदनीपुरस्थित सडकमा सुखीपुरबाट लहानतर्फ जाँदै गरेको म.प्र.०२-००८ प ७८५० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री नवराजपुर गाउँपालिका देवनगर टोल बस्ने ५५ वर्षीय बेचन ठाकुरको शनिबार बिहान मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।…