काठमाडौँ, १४ असोज । अविरल वर्षाका कारण ललितपुरका धेरै स्थानमा विद्युत् सेवा अझै सुचारु हुन सकेको छैन । भट्टेडाँडा र्याडरनजिक भएको क्षतिको विवरण प्राप्त हुन नसकेको प्राधिकरणको भनाइ छ । ललितपुर–१४, कान्तिपुर कोलोनीमा सोमबार बेलुकासम्म विद्युत् सुचारु हुने प्राधिकरणले जनाएको छ । किष्ट मेडिकल कलेज पछाडि १५/२० घरमा अझै सुचारु हुन नसकेको प्राधिकरणले जनाएको छ…