नुवाकोटमा माइक्रोबस दुर्घटना

काठमाडौँ, १४ असोज । नुवाकोटको शिवपुरी गाउँपालिकास्थित अदुवाबारीमा माइक्रोबस दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार काठमाडौँबाट लमजुङका लागि हिँडेको माइक्रोबस शिवपुरी गाउँपालिका–८ अदुवाबारीमा दुर्घटनामा परेको हो । दुर्घटनामा ३ जना घाइते भएको छ ।  सो  माइक्रोबस  पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नुवाकोट हुँदै लमजुङ जाँदै गरेको बताइएको छ ।