काठमाडौँ, १७ भदौ । काभ्रेमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा गम्भीर घाइते दुईजनाको गएराति उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार आइतबार करेन्ट लागेर घाइते मजदुर र मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते एक वृद्धको मृत्यु भएको हो । पनौती नगरपालिका–६ स्थित निर्माणाधीन नेपाल प्रहरी प्रतिष्ठानको भवनमा दिउँसो ढलान गर्ने क्रममा करेन्ट लागेर सप्तरीको…