काठमाडौँ, १८ भदौ । हेटौँडा उपमहानगरपालिका–११ नवलपुरका २२ वर्षीया अलिसा न्यौपानेको हत्याको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडा–१० बसपार्कस्थित होटेलमा यही भदौ १० गते न्यौपाने मृतावस्था फेलापरेकी थिइन् । उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले हेटौँडा–४ का ३२ वर्षीय चाँद खाँलाई पक्राउ गरेको हो । खाँलाई हेटौँडा–५ लटिनाथ…