मुग्लिङ–नारायणगढ सडकखण्डमा बस दुर्घटना

काठमाडौँ, ९ भदौ । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटनामा परेको छ ।  महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि  भरतपुर लगिएको छ । बसमा आफैँ अनियन्त्रित भई सडकको…