पहिरोले घर पुरिँदा बेपत्ता एक जनाको शव फेला

काठमाडौँ, १९ साउन । रोल्पामा घरसँगै पुरिएकी ७० वर्षीया बसुना सुनारको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार गएराति सुनछहरी गाउँपालिका-५ कामीडाँडामा देउसिंह कामीको घर पहिरोले पुरिँदा उनकी आमा बसुना र छोरी चार वर्षीया किमा सुनार बेपत्ता भएका थिए ।  खोजीका क्रममा शनिबार बिहान बसुना पुरिएको अवस्थामा मृत भेटिएको हो । बसुनाकी नातिनी ४ वर्षीया किमाको अवस्था…