काठमाडौँ, १७ साउन । आज राति नेपाल टेलिकमको सेवा आंशिक रूपमा प्रभावित हुने भएको छ । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार बिहीबार राति ११ बजेदेखि चार घण्टाका लागि टेलिकमको सेवा आंशिक रूपमा बन्द हुने भएको हो । उनका अनुसार उक्त समयमा रिचार्ज र डाटा प्याकेज अवरुद्ध हुनेछ । कम्पनीले बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि…