काठमाडौँ, १४ साउन । तनहुँमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको ब्यास नगरपालिका–१ हाउजिङ बस्ने ४० वर्षीय शिव अधिकारीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको हो । आफ्नै घरमा विद्युतीय मोटर चलाई पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । …