काठमाडौँ, १६ साउन । काठमाडौँ उपत्यकामा गएरातिदेखि भारी वर्षा भइरहेको छ । राति ११ बजेबाट उपत्यकामा धेरै स्थानमा भारी वर्षा भएको हो । वाग्मती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत सबैमा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । खोलाको बाढी किनारको सडकसम्म आउने र…