काठमाडौँ, २६ असार । रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार रुन्टीगढी गाउँपालिका स्यालास्थित सावडाँडादेखि डुब्रिङ हुँदै होलेरी जोड्ने भित्री सडक खण्डमा गएराति रा १ ख २१३९ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा चालक रुन्टीगढी गाउँपालिका – ६ निगालपानीका ३२ बर्षीय महेष थापाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले मध्यराति १२ बजेपछि…