पहिरोले मुग्लिङ–नारायणगढ सडकखण्ड पूर्ण अवरुद्ध

काठमाडौँ, २८ असार । अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा चितवनको मुग्लिङ–नारायणगढ सडकखण्ड पूर्ण अवरुद्ध भएको छ । कालीखोला, सिमलताललगायतका क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध हुन पुगेको हो । सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाएको छ । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ । बस त्रिशूलीमा बेपत्ता भएकोले खोजी कार्यमा समस्या भएको छ । …