सप्तकोसीको चतारामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, ११ असार । सुनसरीस्थित सप्तकोसीको चतारामा भारी वर्षा भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार चतारा र त्यसआसपासको क्षेत्रमा भारी वर्षा भइरहेको छ । धनकुटाको मच्छुवाघाट, मोरङको लेटाङ, झापाको कन्काइ र अमरमनीविर्ता वर्षामापन केन्द्रमा सामान्य वर्षा भइरहेको छ ।  उक्त क्षेत्र आसपास भइ बहने बिरिङ खोला र निन्दा खोलामा जलसतह बढेको छ ।…