काठमाडौँ, १४ कार्तिक । पश्चिमदेखि पूर्वी नेपालका धेरै स्थानमा यति बेला वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा ‘हल्का’देखि ‘अति भारी’सम्म पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज बिहान ११ बजेसम्म आठ स्थानमा १०० मिलिमिटरभन्दा धेरै पानी परेको विभागको तथ्यांक छ । पछिल्लो २४ घण्टामा मोरङको हरैँचामा सबैभन्दा धेरै २१२.४ मिलिमिटर…