काठमाडौँ, १५ जेठ । नेपालमा स्थानीय वायुसँगै देशको पूर्वी भू–भागमा ‘रेमल’ चक्रवातको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशका केही भू–भागमा आज बिहानैबाट वर्षा भइरहेको छ । वाग्मती र गण्डकी प्रदेशमा वर्षा भइरहेको हो । आज बिहान कोसी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली…