काठमाडौँ, १३ कार्तिक । स्थानीय बजारमा गोलभेँडाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेँडाको मूल्य बढेको हो । कालीमाटी बजारमा आज नेपाली ठूलो गोलभेँडाको भाउ प्रतिकिलो थोकमा औसत ९ रुपैयाँ बढेको छ । बुधबार प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएको नेपाली ठूलो गोलभेँडा आज ६४ रुपैयाँमा किनबेच भइरहेको छ…