काठमाडौँ, ९ कार्तिक । कैलालीमा श्रीमान्को हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–३, लक्कडकी ३५ वर्षीया सुनीतादेवी कठरिया छिन् । श्रीमान् ५० वर्षीय लखनलाल कठरियाको हत्या गरेको उनीमाथि आरोप छ । शनिबार राति उनलाई पक्राउ गरिएको हो । घरायसी विवादका क्रममा सुनीताले कुटपिट गर्दा लखनलाल गम्भीर घाइते भएका…