प्रहरीलाई अभद्र व्यवहार गर्ने चार जना पक्राउ

संखुवासभा, ८ कार्तिक । संखुवासभाको चैनपुर नगरपालिका–३ मा प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये चन्द्रबहादुर आले मगर, पूर्णबहादुर आले मगर, तेजबहादुर आले मगर र दाछिरी शेर्पा रहेका छन् । उनीहरूले प्रहरीमाथि अभद्र व्यवहार र असहयोग गरेको प्रहरीले जनाएको छ । संखुवासभा प्रहरी प्रमुख डिएसपी कुमारप्रसाद मैनालीले मादक…