काठमाडाैँ, ९ कार्तिक । गुल्मी जिल्लाको मदाने गाउँपालिका–१ कचुरखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मदाने गाउँपालिका–१ अग्लुङ फेदीबाट बालुवा लोड गरी वडा कार्यालयतर्फ आउँदै गरेको रा१त ३५०२ नम्बरको ट्याक्टर शनिबार राति दुर्घटनामा परेको हो । दुर्घटनामा ट्याक्टरका सहचालक मदाने–१ निवासी १९ वर्षीय मेघराज पुनको मृत्यु भएको…