ब्राउन सुगरसहित एक जना पक्राउ

काठमाडौँ, ११ वैशाख । झापाबाट लागु औषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई प्रहरीले पक्राउ गरेका छ । जिल्ला प्रहरी कार्यलय झापाका अनुसार भारततर्फबाट पैदल आउँदै गर्दा मेचीनगर नगरपालिका वडा नंं ६ स्थित मेचीपुलमा जाँचका क्रममा उनलाई पक्राउ गरिएको हो ।  धादिङ जिल्ला खन्याबास गाउँपालिका–५ बस्ने तामाङको साथबाट ४३.१५ ग्राम ब्राउनसुगर फेला परेको हो । …