आत्महत्या दुरुत्साहनमा प्रहरी हबल्दार पक्राउ

काठमाडौँ, १२ माघ । जिल्ला प्रहरी कार्यालय डडेलधुराका एक जना प्रहरी हबल्दार आत्महत्या दुरुत्साहनमा पक्राउ परेका छन् । डडेल्धुरामा मृत फेला परेकी सरीता गिरीको सुसाइड नोटका आधारमा प्रहरी हबल्दार यज्ञ साउद पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहका अनुसार सवारी चालक पदमा कार्यरत साउदलाई हिरासतमा लिएर अनुसन्धान थालिएको हो…