काठमाडौँ, १३ माघ । बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेँडाको मूल्य घटेको हो । अघिल्लो दिनको तुलनामा आज भारतीय ठूलो गोलभेँडादेखि लोकल सानो गोलभेँडासम्म सबैको मूल्य ओरालो लागेको छ । हिजो औसतमा प्रतिकिलो ८५ मा किनबेच भएको भारतीय ठूलो गोलभेँडाको मूल्य आज ७७ रुपैयाँ कायम छ…