काठमाडौँ, ३ चैत । आज काठमाडौँमा बीआईए फाउन्डेसनले अपाङ्गता भएका व्यक्तिहरूको सहभागितामा ह्वीलचेयर रेस सम्पन्न गरेको छ । करिब २०० जना सहभागी भएको म्याराथन काठमाडौँको भृकुटीमण्डपबाट भद्रकाली, सहिद गेट, न्युरोड गेट, रानीपोखरी, जमल, दरबार मार्ग हुँदै भृकुटीमण्डपमा आएर समापन भएको थियो । बीआईए फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा पुरुष र महिला गरी दुई प्रतिस्पर्धा गरिएको थियो…