हेलिकप्टरद्वारा गर्भवती महिलाको उद्धार

म्याग्दी, ५ फागुन । म्याग्दीको विकट धवलागिरि गाउँपालिका–४ मुदीबगरकी  एकजना गर्भवतीको हेलिकोप्टरमा उद्धार गरिएको छ । शुक्रबार गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र धवलागिरि गाउँपालिकाको समन्वयमा बगरगाउँकी तुलसा बुढाथोकीलाई उद्धार गरिएको हो । धवलागिरि गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार बिहीबार साँझ ६ बजेदेखि प्रसूति व्यथाले लागेपछि पेटमा रहेको बच्चाको धड्कन पनि अनियमित भएकाले तत्काल…