गोरखा, ६ फागुन । गत असारमा गोरखा नगरपालिका–७, सतिपिपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुंगा अर्थात ‘क्वार्ज क्रिष्टल’ गोरखा दरबार परिसरमै राख्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा सर्वपक्षीय बैठकमा जिल्ला प्रहरी कार्यालय गोरखामा राखिएको ‘क्वार्ज क्रिष्टल’ ऐतिहासिक गोरखा दरबार परिसरमा राख्ने निर्णय भएको भएको हो । पुरातात्विक, ऐतिहासिक महत्त्व रहेको भनिएको…