घुर्मी नदी किनारबाट एक नवजात शिशुको उद्धार

काठमाडौँ, २९ असोज । सिरहाको गोलबजार नगरपालिका–१० स्थित घुर्मी नदीको किनारमा झाडीभित्र फालिएको अवस्थामा एक नवजात बालिका शिशुको उद्धार गरिएको छ । स्थानीयवासी रामदुलार यादवले झाडीभित्र शिशु रोएको आवाज सुनेपछि वडाध्यक्ष उपेन्द्र मुखियालाई खबर गरेका थिए । तत्काल घटनास्थल पुगेर वडाध्यक्ष मुखियाले बालिकालाई सुरक्षित उद्धार गरेका हुन् । उद्धारलगत्तै शिशुलाई उपचारका लागि वर्धमान अस्पताल, गोलबजारमा…