मकवानपुरमा बस दुर्घटनामा ११ जना घाइते

मकवानपुर, २३ माघ । मकवानपुरको सान्नानिटारमा यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । मंगलबार दिउँसो हेटौडा उपमहानगरपालिका–१९ सान्नानिटारमा सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३२२९ नम्बरको यात्रु बाहक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो । प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्गको उक्त सडक खण्डमा वीरगन्जबाट धनगढीतर्फ जाँदै गरेको उक्त यात्रु बाहक बसको पट्टा…