हुम्लामा हिमपात, किसान खुसी

सिमकोट (हुम्ला), १८ माघ । हिमाली जिल्ला हुम्लामा लामो समयपछि हिमपात हुँदा किसान खुसी भएका छन् । बुधबार दिनभर मौसम सफा भए पनि रातिदेखि जिल्लामा हिमपात भएको हो । उत्तरी नाम्खा, सिमकोट, खार्पुनाथलगायत अधिकांश उच्च क्षेत्रमा आज बिहान हिमपात भइरहेको छ भने होचो स्थानमा पानी परिरहेको छ ।  लामो समयदेखि हिमपात नहुँदा खडेरी हुने चिन्तामा…