गोंगबुमा टिपरको ठक्करबाट युवकको मृत्यु

काठमाडौँ, २३ पौष  । काठमाडौँको गोंगबुस्थित मित्रनगरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । सोमबार बिहान बा.प्र.०३–००१ प ०५०० नम्बरको टिपरले बा५४प ५२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार गोरखाका २५ वर्षीय रनबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलका चालक गोरखाकै इमान गुरुङ गम्भीर घाइते भएका छन् । महाराजगन्जस्थित त्रिवि…