काठमाडौँ, २० पौष । सर्लाहीको बरहथवा नगरपालिकामा प्रादेशिक अस्पताल हस्तान्तरणमा विवादपछि भएको झडपमा एक जनाको मृत्यु भएको छ । शुक्रबार अस्पतालबारे छलफल गर्न डाकिएको सर्वदलीय बैठकमा विवाद भएपछि स्थिति झडपमा परिणत भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी प्रवीण धितालले मृतकको पहिचान भैनसकेको जनाए । उनका अनुसार झडपमा प्रहरीतर्फ सात जना घाइते…