Banner News

सरकारविरुद्ध नेविसंघ नारावाजी गर्दै सडकमा



काठमाण्डौ,२० पुस । सत्ता साझेदार दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सडकमा उत्रिएको छ ।सरकारको विरोध गर्दै नेविसंघले शुक्रबार अनामनगरदेखि बालुवाटारसम्म मार्चपास गरेको हो ।
मार्चपासमा सहभागीहरूले गैरजिम्मेवार सरकार, युवालाई गोली हान्न पाइँदैनु, सरकार नागरिकको कि माफियाकोु सुनकाण्डमा वर्षमान,महरा, प्रचण्ड किन चुप ? सुनकाण्डका नाइके कहाँ छन् सरकार ?भारतसँगको २० करोड खुला लगानी सम्झौता किन? लगायतका नारा समेटिएका प्लेकार्ड बोकेका थिए ।