काठमाडौँ, १८ पौष । सुर्खेत, सुनसरी र अछाम जिल्लाबाट लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-५ इण्डियन पेन्सन क्याम्पस नजिक बस्ने २६ वर्षीय सुवास खत्रीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १० मिलिग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट…