काठमाडौँ, २२ मंसिर । काठमाडौंमा इजाजत प्राप्त हतियार नै चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सुनसरी घर काठमाडौं महानगरपालिका-१४ डेरा गरी बस्ने ३६ वर्षीय दिलिप माझी, काठमाडौं ताहाचल बस्ने २१ वर्षीय कुशल मल्लिक र काभ्रे घर भई ललितपुरको इमाडोल बस्ने २७ वर्षीया काजलकुमारी भुजेल पक्राउ परेका छन्। उनीहरूले मंसिर १६ गते ताहाचल बस्ने…