माथि चर्किएको पहाड, तल भूकम्पपीडितको बास

जाजरकोट, १९ मंसिर । जाजरकोट नलगाड नगरपालिका–१ पालिगाउँका ८४ वर्षीय गोरे पुन भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका छन्। तर, त्यही त्रिपालमा पनि उनी चैनले सुत्न सक्दैनन्। एकातिर मुटु छेड्ने चिसोले सताइरहेको छ भने अर्कोतिर गाउँमाथि अजंगको पहाड छ, जुन भूकम्पले चिराचिरा छ। पालिगाउँको सिरानमा रहेका राता पर र थुम्केवाजा भन्ने पहाडका थुम्का कुन समय…