सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ, ३ मंसिर । छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको नेपाली प्रहरीले जानकारी दिएको छ । स्याङ्जाको वालिङ नगरपालिका-१ खहरेस्थित सडकमा रामबाच्छाबाट खहरेतर्फ जाँदै गरेको लु.१ ह ३६८ नम्बरको अटो अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार रूपन्देही तिलोत्तमा नगरपालिका-१० कान्छीबजार बस्ने ओम बहादुर लम्साल क्षेत्रीकी छोरी १६ महिनाकी कायरा क्षेत्रीको मृत्यु भएको…