काठमाडौँ, १६ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा एक असिस्टेन्ट सब–इन्जिनियरलाई पक्राउ गरेको छ । आयोगका अनुसार काठमाडौँ चन्द्रागिरि नगरपालिका–१४ वडा कार्यालयमा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर विजयालक्ष्मी पन्तलाई २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । पन्तले भवन निर्माण सम्पन्न प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग घुस लिएको आशंकामा पक्राउ गरेको हो ।…