रुकुम पश्चिम, १२ असोज । रुकुम पश्चिममा पछिल्लो समय आयोडिनयुक्त नुन प्रयोग गर्नेको संख्या बढ्दै गएको छ । जिल्लाका छवटै स्थानीय तहमा आयोडिन नुनका प्रयोगकर्ताको संख्या बढ्दै गएको नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, डिपोे कार्यालय रुकुम पश्चिमले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० मा ६ हजार क्विन्टल नुन बिक्री भएको थियो ।…