काठमाडौँ, ८ असोज । बाजुरामा सर्पले टोक्दा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मंगलबार राति त्रिवेणी नगरपालिका–२, चौसालका ४० वर्षीय सर्जन बुढालाई सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । दृष्टिविहीन बुढालाई गौरीगंगा नगरपालिकाको राजीपुरमा सर्पले टोकेको थियो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।