हेटौँडा, १ असोज । मकवानपुरमा विभिन्न देशका मुद्रासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहारका ४० वर्षीय रम्भु दास छन् । आइतबार साँझ हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटेबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ३६४ नम्बरको माइक्रोबसमा उनी सवार थिए । चेकजाँचका क्रममा दासको साथबाट युरो…